उपसभामुख चयनका लागि मतविभाजन प्रक्रिया सुरु
काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतविभाजन प्रक्रिया सुरु भएको छ।प्रतिनिधिसभाको उपसभामुख चयनका लागि भइरहेको आजको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले...
काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको उपसभामुख चयनका लागि मतविभाजन प्रक्रिया सुरु भएको छ।
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि भइरहेको आजको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन्।
सभामुख आसनको दायाँतर्फको उपकक्ष लबीमा प्रस्तावको पक्षका वा ‘हुन्छ’ भन्ने सांसदका लागि, सभामुख आसनको बायाँतर्फको उपकक्ष लबीमा प्रस्तावको विपक्षका वा ‘हुन्न’ भन्ने सांसदका लागि र पक्ष र मत नदिनेह अर्थात तटस्थ बस्नेका लागि सभामसख आसनको पछाडि रहेको उपकक्ष लबीमा वर्णनुक्रमअनुसार राखिएको दस्तखत महलमा दस्तखत गर्नुपर्ने बताइएको छ।
कोरोना संक्रमित सांसदले ल्होत्सेहलमा छुट्टाछुट्टै राखिएको ‘हुन्छ’, ‘हुन्न’ र ‘तटस्थ’मा रहेको वर्णानुक्रममा रहेको दस्तखत महलमा दस्तखत गर्ने व्यवस्था मिलाइएको छ।
निर्णय सच्याउन चाहेको खण्डमा ३ मिनेटको समय दिइएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भौतिक दुरी कायम गर्न अनुरोध गरिएको छ।
सांसदहरूको भित्र पस्न विभाजन घन्टी बजाइसकेलगत्तै सांसदहरू मतदानमा सहभागी भएका छन्।











