उपसभामुखमा राप्रपाको समर्थन एमालेलाई
काठमाडौं, असार ३१ : उपसभामुख पदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेको उम्मेदवारलाई समर्थन गर्ने भएको छ। प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले...
काठमाडौं, असार ३१ : उपसभामुख पदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेको उम्मेदवारलाई समर्थन गर्ने भएको छ।
प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख र उपसभामुखमध्य एक पद सत्तापक्ष र एक पद प्रतिपक्षले पाउनुपर्ने बताउँदै सत्ता गठबन्धनकी उम्मेदवार भुसाललाई समर्थन गर्न नसकिने बताएका हुन्।
लिङ्देनले सहमति गरेरै उपसभामुख पद प्रतिपक्षीलाई दिनुपर्ने बताएका हुन् । प्रतिपक्षी दलबाट नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार छिन्।
गठबन्धनकी साझा उम्मेदवार भुसाललाई कांग्रेससँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने बताइसकेका छन्।
प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

