पोख्रेलको रिट खारेज, आइजिपीमा सिंहलाई मार्गप्रशस्त
‘वरिष्ठता’का आधारमा आफू आइजिपी हुन पाउनुपर्ने माग दाबी गर्दै मन्त्रिपरिषदको निर्णयविरुद्ध एआइजी पोखरेल रिट लिएर सर्वोच्च पुगेका थिए।
काठमाडौं, असार ३१ : प्रहरी महानिरीक्षकमा धीराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदन खारेज भएको छ।
पोखरेलको रिटलाई सर्वोच्च अदालतले खारेज गरेपछि पोखरेल एआईजीकै हैसियतमा प्रहरी प्रधान कार्यालयमा फर्किनुपर्ने भएको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले पोखरेलले कानुनी चुनौतीदिँदै दायर गरेको रिट खारेज गर्दै सिंहलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको छ।
‘वरिष्ठता’का आधारमा आफू आइजिपी हुन पाउनुपर्ने माग दाबी गर्दै मन्त्रिपरिषदको निर्णयविरुद्ध पोखरेल रिट लिएर सर्वोच्च पुगेका थिए।
प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

