उपसभामुखमा पुष्पा भुसाललाई निर्वाचित गर्न माओवादीको आग्रह
शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुख पदमा भुसाललाई निर्वाचित गर्न आग्रह गरेका हुन्।
काठमाडौं, असार ३१ : नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको उपसभामुख पदमा पुष्पा भुसाललाई निर्वाचित गर्न आग्रह गरेको छ ।
शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुख पदमा भुसाललाई निर्वाचित गर्न आग्रह गरेका हुन्।
गुरुङले राजनीतिक पृष्ठभूमि, संसदमा पाएको जिम्मेवारको आधारमा भुसालले नै उपसभामुखको जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमता राख्ने बताएका हुन् ।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईबारे भने कुनै टिप्पणी गर्न चाहेनन् । ‘उपसभामुखका लागि विद्या भट्टराई भन्दा पुष्पा भुसाल नै उपयुक्त उम्मेदवार हुनुहुन्छ, उहाँलाई जिताउन अनुरोध गर्छु,’ उनले भने।
उपसभामुख पदका लागि भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि समर्थन गरेको छ । विद्या भट्टराई एमालेको उम्मेदवार भएका कारण उपसभामुख पदमा गठबन्धनकी उम्मेदवार भुसालको सम्भावना बलियो रहेको छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

