प्रतिनिधिसभाको दाेस्राे बैठक सुरू, उपसभामुख चयनका लागि निर्वाचन हुने
काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको दाेस्राे बैठक सुरू भएकाे छ। याे बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ।उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी...
काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको दाेस्राे बैठक सुरू भएकाे छ। याे बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ।
उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुनेछ।
बैठकको सुरुमा सांसद देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सांसद लक्ष्मीकुमारी चौधरीले उक्त प्रस्तावको समर्थन गर्नेछिन्।
यस्तै सांसद शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। सांसद कृष्णभक्त पोखेलले उक्त प्रस्तावको समर्थन गर्नेछन्।
प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

