Kathmandu Press

आइजिपी नियुक्तिविरुद्धको रिटमाथि सकियाे बहस, फैसला आजै आउने

आइजिपी नियुक्तिविरुद्धको रिटमाथि सकियाे बहस, फैसला आजै आउने

काठमाडौं, असार ३१ : नेपाल प्रहरीको आइजिपी नियुक्तिविरुद्धको रिटमाथि बहस सकिएको छ।

सरकारले गत वैशाख १८ गते धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले वरिष्ठता मिचेर गरिएको उक्त नियुक्त कानुनविपरीत रहेकाले खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। 

आज (शुक्रबार) पोखरेलका कानुन व्यवसायीहरुले बहस पूरा गरेका छन्। उक्त मुद्दामा आजै फैसला आउने जनाइएको छ।

प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्