तीन दिने भ्रमणका लागि प्रचण्ड भारत प्रस्थान
काठमाडाैं, असार ३१ : तीन दिने भारत भ्रमणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार नयाँ दिल्ली गएका छन्।भारतीय जनता पार्टी (भाजपा)...
काठमाडाैं, असार ३१ : तीन दिने भारत भ्रमणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार नयाँ दिल्ली गएका छन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत गएका हुन्। उनले आफ्नो भ्रमण आकस्मिक नभएको र भ्रमण सद्भावना भ्रमण भएको बताए।
केही समयअघि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको र त्यही अनुसार यो भ्रमण हुन लागेको उनले बताए।
प्रचण्डले भ्रमणका क्रममा भारतीय सरकारका प्रतिनिधि र भाजपाका नेताहरुसँग छलफल हुने र व्यापार घाटा, सीमा समस्या लगाएतका विषयमा कुराकानी गर्ने बताए। उनले भारतपछि छिटै आफ्नो चीन भ्रमण हुने पनि जानकारी दिए।
उनीसँगै उनका स्वकीय सचिवहरू रमेश मल्ल र गंगा दाहाल पनि भारत प्रस्थान गरेका छन्। उनीहरू आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

