Kathmandu Press

छिट्टै चीन भ्रमणमा जान्छु : प्रचण्ड

काठमाडौं, असार ३१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चाँडै नै चीनको भ्रमणमा जाने बताएका छन् । शुत्रबार भारत प्रस्थान गर्नुअघि...
छिट्टै चीन भ्रमणमा जान्छु : प्रचण्ड

काठमाडौं, असार ३१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चाँडै नै चीनको भ्रमणमा जाने बताएका छन् । शुत्रबार भारत प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले चाँडै नै चीन भ्रमणमा जाने बताएका हुन्। 

चिनियाँ कम्युनिस्ट नेता लिउ चियानछाओले आफूलाई चीन भ्रमणको निम्तो दिएको प्रचण्डले जानकारी दिए । ‘अब कोभिड पनि छिट्टै नियन्त्रणमा आउँदैछ, तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘र मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु।’

प्रचण्डले आफ्नो भारत भ्रमण सद्भावना भ्रमणका रुपमा रहेको पनि बताए । चिनियाँ कम्युनिस्ट नेताको नेपाल र आफ्नो भारत भ्रमणबीच कुनै पनि साइनो नभएको पनि प्रचण्डले जानकारी दिए। 

प्रचण्डले आफ्नो भ्रमण नेपाल, गठबन्धन र जनताका लागि अर्थपूर्ण रहेको विश्वास व्यक्त गरेका छन् । प्रचण्ड आइतबार नेपाल फर्कने कार्यक्रम छ। 

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्