भारत जानुअघि प्रचण्डले भने – उत्साहका साथ जाँदैछु, सीमा समस्या समाधानबारे वातावरण बनाउँछु
चिनियाँ कम्युनिस्ट नेता नेपाल भ्रमण गरी स्वदेश फर्किँने बित्तिकै प्रचण्ड भारत भ्रमणमा जानुलाई चासोका साथ हेरिएको बेला प्रचण्डले भने दुई भ्रमणबीच कुनैपनि साइनो नभएको बताए।
काठमाडौं, असार ३१ : नेकपा माअोवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले भारत भ्रमण आकस्मिक नरहेको बतएका छन् । भारत प्रस्थान गर्नुपूर्व विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको सोही अनुसार भ्रमण गर्न लागिएको बताएका हुन्।
चिनियाँ कम्युनिस्ट नेता नेपाल भ्रमण गरी स्वदेश फर्किँने बित्तिकै प्रचण्ड भारत भ्रमणमा जानुलाई चासोका साथ हेरिएको बेला प्रचण्डले भने दुई भ्रमणबीच कुनैपनि साइनो नभएको बताए । उनले सद्भावना भ्रमणका लागि भारत जान लागेको पनि बताए । साथै भारत भ्रमणमा जान लाग्दा आफू उत्साहित भएको समेत प्रचण्डले बताए।
भारत भ्रमणको क्रममा प्रचण्डले व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेन्डा उठाउने बताए । त्यसका लािग परराष्ट्र मन्त्रालयका अधिकारीसँग पनि परामर्श गरेको प्रचण्डले बताए। भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डले भेट गर्ने बताइएको छ । साथै अन्य सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रचण्डले आफ्नो भ्रमण नेपाल, गठबन्धन र जनताका लागि अर्थपूर्ण रहेको विश्वास व्यक्त गरेका छन् । प्रचण्ड आइतबार नेपाल फर्कने कार्यक्रम छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

