विश्व बैंकद्वारा नेपालका लागि पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत
काठमाडौं, असार ३१ : विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर (पौने १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ।विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले साे...
काठमाडौं, असार ३१ : विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर (पौने १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले साे ऋण स्वीकृत गरेको हाे।
विश्व बैंकका अनुसार नेपालको हरित, जलवायु उत्थानशील र समावेशी विकासमा सहयोग पुर्याउने उद्देश्यले साे ऋण दिन लागिएकाे हाे।
जिआरआईडी (ग्रिन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट) का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयनका लागि यो ऋण सहायता उपयोग गिरने जनाइएकाे छ।
कोराेना महामारीपछि नेपालमा हरित र समावेशी विकासमा सहायता केन्द्रित गरेको विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले बताएका छन्।
प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

