Kathmandu Press

मोरङ कारागारमा कोरोना फैलियो : एकको मृत्यु, १६ जनामा संक्रमण 

मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालीको मृत्यु भएको अस्पतालले जनाएको छ । 
मोरङ कारागारमा कोरोना फैलियो : एकको मृत्यु, १६ जनामा संक्रमण 

काठमार्डौं, असार ३१ : मोरङ जिल्ला कारागारमा कोरोना फैलिएको छ।  केही दिनयता अत्यधिक ज्वरो आएपछि कारागार प्रशासनले  १९ कैदीबन्दीलाई कोशी अस्पतालमा भर्ना गरेको थियो। 

उपचारका क्रममा १९ जनाकै एन्टीजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा यज्ञराज खरेलले जानकारी दिएका छन् । उनले बिरामी परेका सबै कैदीबन्दीको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। 

अस्पतालमा एकजना संक्रमितको भने मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालीको मृत्यु भएको अस्पतालले जनाएको छ । 

कोरोना संक्रमित भेटिएपछि कोशी अस्पतालमा उच्च सतर्कता अपनाई स्वास्थ्य मापदण्ड लागू गर्न कडाई गरिएको छ। 

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्