सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् बैठक बस्दै
गठबन्धनको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ। त्यसका लागि सरकारका मन्त्रीहरु सिंहदरबार पुगिसकेका छन्।
काठमाडौं, असार ३१ : सत्तारुढ गठबन्धन दलको बैठक सकिएको छ । शुक्रबार बिहानदेखि जारी बैठक केहीबेरअघि सकिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भएकाे बालुवाटार स्राेतले जानकारी दिएकाे छ।त्यस्तै समसामयिक राजनीतिक परिवेश र संघ तथा प्रदेशको निर्वाचनका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ।
गठबन्धनको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । त्यसका लागि सरकारका मन्त्रीहरु सिंहदरबार पुगिसकेका छन् । बिहान १० बजेदेखि मन्त्रिपरिषद् बैठक बस्ने भनिएपनि गठबन्धन दलको बैठकका कारण क्याबिनेट बैठक ढिला भएको हो।
मन्त्रिपरिषदबाट गठबन्धन बैठकमा छलफल भएकाे विधेयक संसदमा दर्ता गर्ने प्रस्ताव पारित गर्ने तयारी छ। उक्त विधेयकमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप सँगै कानुन संसोधन गर्न लागिएको हो। सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी १४ फागुन २०७१ मा सरकारका नाममा आदेश दिएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जानुअघि गठबन्धनको बैठक बसेको हो । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा प्रचण्ड आजै नयाँ दिल्ली जाँदै छन् ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

