Kathmandu Press

तीनदिने भारत भ्रमणका लागि प्रचण्ड भारत जाँदै 

काठमाडौं, असार ३१ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा अध्यक्ष प्रचण्ड आज...
तीनदिने भारत भ्रमणका लागि प्रचण्ड भारत जाँदै 

काठमाडौं, असार ३१ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जान लागेका हुन् ।

उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ। भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी रहे पनि समय निश्चित नभएको बताइएको छ । 

प्रकाशित मिति: ०७:१४ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्