Kathmandu Press

पशुपतिनाथकाे मन्दिरमा जलहरी लगाउँन प्रयाेग गरिएकाे सुनमा अनियमितता

पशुपतिनाथकाे मन्दिरमा जलहरी लगाउँन प्रयाेग गरिएकाे सुनमा अनियमितता

काठमाडाैं, असार ३० : पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँन प्रयाेग गरिएकाे १०३ किलो ७७३ ग्राम सुनमा अनियमितता भएकाे पाइएकाे छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेके ५९औं प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुन सबै रिङ बनाउन प्रयोग भए/नभएकाे पुष्टि नहुने विवरण उल्लेख गरेको छ।

साथै, हराएको सुन कति हो भन्ने पनि महालेखाले यकिन गर्न सकेको छैन।

पशपति क्षेत्र विकास कोषले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माणकाे लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरेको थियो।

विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको भनिएको थियो।

प्रकाशित मिति: २०:५२ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्