Kathmandu Press

बाबुराम भट्टराईसहित ९ जनालाई जसपाको कारबाही 

काठमाडौं,  असार ३० : जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जनालाई कारबाही गरेको छ।जसपाको वीरगन्ज केन्द्रीय कमिटीको...
बाबुराम भट्टराईसहित ९ जनालाई जसपाको कारबाही 

काठमाडौं,  असार ३० : जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जनालाई कारबाही गरेको छ।

जसपाको वीरगन्ज केन्द्रीय कमिटीको बैठकले ९ जनालाई पदमुक्त गर्ने निर्णय गरेको हो । पदमुक्त हुनेमा भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन्।

त्यस्तै रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो। कारबाहीमा परेका ८ जना कार्यकारिणी सदस्य हुन्।  उनीहरूमाथि पार्टी विधान विपरीत काम गरेको आरोप छ। 

प्रकाशित मिति: २०:१० बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्