Kathmandu Press

शेयर बजार आज अन्योल अवस्थामा

काठमाडौं, मंसिर २ :  नेप्से परिसूचक ० दशमलव २४ ले घटेर ११३१ दशमलव १२ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०२ प्रतिशतको गिरावट....

शेयर बजार आज अन्योल अवस्थामा

काठमाडौं, मंसिर २ :  नेप्से परिसूचक ० दशमलव २४ ले घटेर ११३१ दशमलव १२ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०२ प्रतिशतको गिरावट देखिएको छ। 

११३१ दशमलव ४१ को विन्दुमा खुलेको दोस्रो बजार ११३३ दशमलव ५२ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११२८ रहँदा ३५ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजार अवस्था  

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक  लिमिटेडको ८ करोड ३९ लाख बराबरको शेयर किनबेच भएको छ। २३ वर्षपछि लाभांश प्रस्ताव गरेसँगै कम्पनीको सर्वाधिक कारोबार भएको हो।

 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले कमाए भने युनिभर्सल पावर कम्पनीका शेयरधनीले सर्वाधिक ५ दशमलव ४० प्रतिशतले गुमाए।


 

लाभांश गतिविधि 
नेपाल बैंकले १५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार यदि बजार ११२९ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार ११२९ भन्दा तल रहे पनि स्थिर रहन सकेन र बजार ११३१ दशमलब १२ अंकमा बन्द भएको छ।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार सात सातादेखि बजार प्रवृत्तिहीन रहेको छ। हाल बजार ११३० को सामान्य टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले डोजी आकृति बनाएको छ। यसले बजारमा केही दिनदेखि रहेको विक्रेताको चाप आज कमजोर हुँदै गएको संकेत गरेको छ। परिमाण भने सामान्य रहेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज समग्रमा हेर्दा बजार प्रवृत्तिहीन रहेको देखिन्छ।

आजको कारोबारको अन्तिम समयमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा नजिकिँंदै गएकाले बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको देखिन्छ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६५ दशमलव ५७ अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति सकारात्मक रहेको देखिन्छ भने स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी खरिद भएको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको सूचकहरुले सकारात्मक संकेत प्रारम्भिक रुपमा दिए पनि बजारको प्रवृत्तिले समर्थन गरेको देखिँदैन।

यदि बजार ११३४ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भने अर्को तत्कालीन प्रतिरोध ११३८ देखि ११४० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११२८ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १७:११ बजे, सोमबार, मंसिर २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्