Kathmandu Press

गभर्नर अधिकारीकाे बर्खास्तीकाे माग गर्दै अखिल क्रान्तिकारीकाे प्रदर्शन

गभर्नर अधिकारीकाे बर्खास्तीकाे माग गर्दै अखिल क्रान्तिकारीकाे प्रदर्शन

काठमाडाैं, असार ३० : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ।

बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस (आर.आर) अगाडि कालो ब्यानरसहित अखिल क्रान्तिकारीले पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्ने भन्दै प्रदर्शन गरेकाे हाे।

त्यस्तै, नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ। साथै, गभर्नर अधिकारीले आफ्नो नाम जोडर प्रचार नगर्न भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेका छन।

गभर्नर अधिकारीकाे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत राजीनामा माग गरेका छन।

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्