Kathmandu Press

दाेलखामा ४१ घर पहिराको उच्च जोखिममा

चरिकाेट, असार ३० : लगातारको वर्षसँगै दोलखाको जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा परेको छ। जिरी नगरपालिकामा बुधबारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न...
दाेलखामा ४१ घर पहिराको उच्च जोखिममा

चरिकाेट, असार ३० : लगातारको वर्षसँगै दोलखाको जिरी नगरपालिकाको ४१ घर पहिराको उच्च जोखिममा परेको छ। जिरी नगरपालिकामा बुधबारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न ठाउँमा पहिरो जाँदा जोखिम बढेको हो। जिरी नगरपालिका–६ हाटडाँडा बजार क्षेत्रमा वर्षसँगै बुधबार दिउँसो पहिरो जाँदा १४ घरपरिवार विस्थापित भएको नगरपालिकाका प्रमुख मित्र जिरेलले बताए।

पहिराले घर बगाउने जोखिम बढेपछि विस्थापित परिवार स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय दिएर बसेका छन्। विस्थापित भएका परिवारलाई तत्कालका लागि जिरी नगरपालिकाले त्रिपाल र खाद्यान्नका सामग्री वितरण गरिएको नगर प्रमुख जिरेलले बताए।

हाटडाँडामा गएको पहिराका कारण १४ घरपरिवार विस्थापित भएका छन् भने पालिकाका विभिन्न क्षेत्रमा गरी ४१ घरपरिवार पहिराको जोखिममा परेका छन्। नगरपालिका खरोयो वन, कोथामेलगायत स्थानका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए। जिरीलगायत क्षेत्रमा लगातार वर्षा भइरहेको हुँदा पहिराको जोखिम क्षेत्रमा बस्नका लागि सबैलाई सुरक्षित रहन प्रमुख जिरेलले आग्रह गरेका छन।

त्यसैगरी जिल्लाको मेलुङ गाउँपालिकामा पनि पहिराको उच्च जोखिम बढेको छ। मेलुङ गाउँपालिका–७ को जोगीगाउँ, थामी बस्ती, मगर गाउँलगायत स्थान पहिराको उच्च जोखिममा रहेको वडाध्यक्ष नवराज खड्काले बताए। मेलुङ–७ मा गएराति पहिराका कारण दुई घरमा क्षति पुगेको छ। उक्त वडामा पहिराका कारण हालसम्म ११ घरमा आंशिक क्षति पुर्‍याएको र २३ घर उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताए।

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्