Kathmandu Press

कुनै पनि हालतमा अहिले प्रहरीलाई हतियार किनिँदैन : प्रधानमन्त्री देउवा 

काठमाडौं,  असार ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।प्रधानमन्त्रीसमेत रहेका देउवाले यस विषयमा...
कुनै पनि हालतमा अहिले प्रहरीलाई हतियार किनिँदैन : प्रधानमन्त्री देउवा 

काठमाडौं,  असार ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले यस विषयमा गृह मन्त्रीलाई समेत निर्देशन दिने बताएका हुन् । केन्द्रीय समितिको जारी बैठकमा वोल्दै देउवाले “प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं,” भनेका हुन् ।

प्रहरीका लागि एकहजार थान ९ एमएम पिस्तोल, त्यसको लागि गोली १० लाख ३० हजार राउन्ड, बाह्रबोर सटगन ११५० वटा त्यसमा लाग्ने छर्रा २ लाख र रबरका गोली ३ लाख वटा र अश्रु ग्यासका २५ हजार सेल हतियार खरिदका लागि रकमान्तर गरिएको थियो ।
 

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्