Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक शनिवार बस्ने

काठमाडौं, असार ३० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक असार ३२ गते शनिवार पुनः बस्ने भएको छ ।असार २७ गतेदेखि शुरु भएको...
कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक शनिवार बस्ने

काठमाडौं, असार ३० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक असार ३२ गते शनिवार पुनः बस्ने भएको छ ।

असार २७ गतेदेखि शुरु भएको बैठक असार ३२ गते शनिवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी सकिएको हो ।

आजको बैठकमा आज केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., सुनिलबहादुर थापा, बलबहादुर के.सी., डा. नारायण खड्का, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, मिनाक्षी झा, सुजाता परियार, चिनकाजी श्रेष्ठ, ध्यानगोविन्द रञ्जित, रमा कोइराला (पौडेल), अर्जुनजंगबहादुर सिंह, उमेश श्रेष्ठ, मञ्जुकुमारी यादव, जानकी सिंह, सुशीला भट्ट मिश्र, गंगालक्ष्मी अवाल, सीताकुमारी राना र सुशीला ढकाल (आचार्य) ले आ–आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्