मन्त्रीबाट फिर्ता बोलाएपछि रेणु यादव असन्तुष्ट, जसपाको पदीय जिम्मेवारीमा नबस्ने घोषणा
काठमाडौं, असार ३० : भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट फिर्ता बोलाएसँगै जनता समाजवादी पार्टी (जसपा) की नेतृ रेणु यादवले आफू पार्टीको पदीय जिम्मेवारीबाट अलग...
काठमाडौं, असार ३० : भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट फिर्ता बोलाएसँगै जनता समाजवादी पार्टी (जसपा) की नेतृ रेणु यादवले आफू पार्टीको पदीय जिम्मेवारीबाट अलग रहने घोषणा गरेकी छन् ।
बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर उनले व्यक्तिगत कारण देखाएर पार्टीका कुनै पनि पदीय जिम्मेवारीमा नरहने बताएकी हुन् । “मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाएँ ।
यद्यपि, वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेकाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,” अध्यक्ष यादवलाई सम्बोधन गरी लेखेको पत्रमा भनिएको छ, आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको बेहोरा यहाँलाई जानकारी गराउँदछु ।”
यद्यपि, उनले साधारण सदस्यता त्याग गरेको नगरेको विषय खुलाएकी छैनन् ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

