Kathmandu Press

तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनाइएकाे समितिमा सदस्य हेरफेर

काठमाडौं, असार ३० : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनाइएकाे विशेष समितिमा सदस्य हेरफेर गरिएकाे छ।नेपाली कांग्रेसले समिति सदस्य रहेकी पुष्पा भुसालको ठाउँमा अर्का सांसद मानबहादुर...
तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनाइएकाे समितिमा सदस्य हेरफेर

काठमाडौं, असार ३० : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनाइएकाे विशेष समितिमा सदस्य हेरफेर गरिएकाे छ।

नेपाली कांग्रेसले समिति सदस्य रहेकी पुष्पा भुसालको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई पठाएको हो। भुसाल उपसभामुखको उम्मेदवार बन्ने भएपछि कांग्रेसले उनकाे ठाउँमा विश्वकर्मालाई पठाएको हो।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले साे हेरफेरलाइ स्वीकार गरेको छ।

असार २२ मा गठित समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन्।

करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी प्रश्न उठेपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए र उनीमाथि छानबिन गर्न समिति बनेकाे थियाे।

 

प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्