ललितपुरमा १५ जनामा देखियाे डेंगु

काठमाडौं, असार ३० : पछिल्ला केही दिनयता ललितपुरमा डेंगु संक्रमित देखा परेका छन्। ललितपुरमा तीन साताकाे अन्तरालमा १५ जनामा डेंगु संक्रमण देखिएकाे छ।
असार ९ गते पहिलोपटक देखिएको डेंगु संक्रमण ३० गतेसम्म आइपुग्दा १५ जनामा देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएकाे छ।
संक्रमितहरू ललितपुर महानगरपालिका-५ र आसपासका बासिन्दा भएको जनाइएकाे छ। ललितपुरको गणेशमानसिंह मेमोरियल अस्पतालबाट संक्रमण पुष्टि भएका ती बिरामीमा गम्भीर असर भने नदेखिएको स्वास्थ्य कार्यालयकाे भनाइ छ।
प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

