काठमाडौं उपत्यकामा मात्र १६४ जनामा काेराेना सङ्क्रमण पुष्टि
काठमाडौं, असार ३० : पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ।आज काठमाडौं उपत्यकामा १६४ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाडौंमा १३७, ललितपुरमा...
काठमाडौं, असार ३० : पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ।
आज काठमाडौं उपत्यकामा १६४ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाडौंमा १३७, ललितपुरमा २३ र भक्तपुरमा ४ सङ्क्रमित भेटिएका छन्।
काठमाडौं उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ८३१ रहेको छ। जसमा काठमाडौंमा ७२६, ललितपुरमा ९० र भक्तपुरमा १५ रहेका छन्।
स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभरि थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अहिले विश्वभर कोरोना भाइरसको ‘बिए(५’ भेरियन्ट फैलिएको जनाउँदै सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

