थप २६० जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको २ हजार २७ पिसिआर परीक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टिजेन परिक्षणका क्रममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडाैं, असार ३० : नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार २७ पिसिआर परीक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टिजेन परिक्षणका क्रममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय ५८ जना निको भएका छन्।
हाल नेपालमा १ हजार १ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको जनाउँदै सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेकाे छ।
प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)