गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी
काठमाडौं, असार ३० : गभर्नर महाप्रसाद अधिकारीविरूद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा उजुरी परेको छ।शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सुजन देवकोटा नाम गरेका एक व्यक्तिले राष्ट्र...
काठमाडौं, असार ३० : गभर्नर महाप्रसाद अधिकारीविरूद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगमा उजुरी परेको छ।
शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सुजन देवकोटा नाम गरेका एक व्यक्तिले राष्ट्र बैंक ऐनले अधिकारी गभर्नर बन्न याेग्यता नपुगेकाे दाबी गर्दै उजुरी दिएका हुन्।
गभर्नर बन्न स्नातकोत्तर हुनुपर्ने योग्यता तोकेकोमा अधिकारीले स्नातक मात्र अध्ययन गरेको जिकिर उजुरीमा गरिएकाे छ। अधिकारीले बैंकमा पेस गरेकाे कागजातमा सन् १९८९ मा काठमाडौंकाे मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको उल्लेख रहेकाे जिकिर उजुरीमा गरिएकाे छ।
'अधिकारीले भारतबाट सन् १९९३ मा सिए पढाइ उत्तीर्ण गरेको भन्ने देखिन्छ। निजले गभर्नर पदमा नियुक्ति लिँदासमेत सिए पढाइलाई आधार मानी लिएको देखिन्छ,' उजुरीमा भनिएको छ, 'त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका अनुसार सिए अध्ययनलाई हालसम्म कुनै पनि रूपमा स्नात्तकोतर हुने भनी कहीँकतै व्यवस्था गरेको वा निर्णय गरिएको छैन।'
योग्यता नपुगेको व्यक्तिले नियुक्ति लिनु र तलबभत्ता तथा सुविधा लिनु भ्रष्टाचारजन्य काम भएको उल्लेख गर्दै उनलाइ बर्खास्तीसहित क्षतिपूर्ति भराउन माग उजुरीमा गरिएको छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

