Kathmandu Press

त्रिविको प्रश्नपत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडाैं, असार ३० : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को प्रश्नपत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।सिंहदरबारमा बिहीबार...
त्रिविको प्रश्नपत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन
फाइल तस्बिर

काठमाडाैं, असार ३० : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को प्रश्नपत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई कारवाही गर्न निर्देशन दिएको हो। बैठकले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्ने बिषयमा छानविन समिति गठन गर्न पनि निर्देशन दिएको छ।

समिति सभापति जयपुरी घर्तिले छानविन समितिको प्रतिवेदन समितिमा पेश गर्न पनि निर्देशन दिइन्। उनले विश्वविद्यालयको प्रश्नपत्रमा लापरबाहीको जिम्मेवारी विश्वविद्यालयका उपकुलपतिलगायत सबै पदाधिकारीले लिनुपर्ने जिकिर गरिन्।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताए।  देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए।

प्रश्नपत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरुमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका चारवटा प्रश्नपत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए। उनले हुबहु प्रश्नपत्र  बाहिर आएपछि केही विषयको परीक्षा पुनः गर्ने निर्णय गरिएको जिकिर गरे।

बैठकमा समिति सदस्यहरुले प्रश्नपत्र बाहिरिनु र दोहोरिनुमा त्रिभुवन विश्वविद्यालयका माथिल्लो पदाधिकारीको समेत संलग्नता रहेको हुन सक्ने भएकाले निष्पक्ष छानविन हुनुपर्ने बताएका थिए।

अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो।

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्