भृकुटीमण्डपमा भएको आगलागीको सरकारले छानबिन गर्ने
काठमाडाैं, असार ३० : सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानबिन गर्ने भएको छ।बुधबार आगलागी भएको स्थानको निरीक्षण गर्दै महिला, बालबालिका...
काठमाडाैं, असार ३० : सरकारले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदाममा भएको आगलागीको छानबिन गर्ने भएको छ।
बुधबार आगलागी भएको स्थानको निरीक्षण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगलागीको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने बताएकी हुन्।
उनले गोदाममा विद्युतको प्रवाह नै नरहेको अवस्थामा नियोजित तवरले आगो लगाइएको हुन सक्ने आशंका व्यक्त गरिन्।
आगलागीबाट कराेडौको क्षति भएको र आवश्यक कागजपत्रलगायत सामग्री नष्ट भएको बताइन्। आगलागीको घटनामा संलग्नलाई कारबाही गर्ने उनले बताइन्।
बुधबार भएको आगलागीका कारण उक्त गोदाम पूर्ण रुपमा जलेर नष्ट भएको थियो।
प्रकाशित मिति: १४:५१ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

