चुनाव चिह्न गाई पाउनुपर्ने भन्दै राप्रपा नेपालद्वारा सर्वोच्चमा रिट
काठमाडौं, असार ३० : राप्रपा नेपालले आफ्नो पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।पार्टी अध्यक्ष कमल थापाका...
काठमाडौं, असार ३० : राप्रपा नेपालले आफ्नो पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
पार्टी अध्यक्ष कमल थापाका तर्फबाट कुमार भण्डारीले आज (बिहीबार) चुनाव चिह्न गाई माग गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दर्ता गराएका हुन्।
नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन तथा नियमावलीबमोजिम दर्ता भएको पार्टी राप्रपा नेपाललाई निर्वाचन आयोगले चुनाव चिह्न ‘गाई’ नदिनुपर्ने कुने कारण नभएको जिकिर रिटमा गरिकउो छ।
राप्रपा नेपालले दिएको जानकारी अनुसार चुनाव चिह्न ‘गाई’ माग गर्दै दर्ता गरिएको रिटमाथि शुक्रबार सुनुवाइ हुने जनाइएको छ।






प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

