माओवादी केन्द्रले माग्यो गर्भनर अधिकारीको राजीनामा
काठमाडौं, असार ३० : नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ । राष्ट्रिय सभाको बैठकमा बोेल्दै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले...
काठमाडौं, असार ३० : नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ । राष्ट्रिय सभाको बैठकमा बोेल्दै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले गभर्नरअधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्। बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे।
विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ। ‘विवाद भएर सबैलाई उहाँ नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नुप¥यो, होइन भने विवाद आयो भनेर उहाँले राजीनामा दिनुप¥यो,’ श्रेष्ठले भने। यस विषयमा उनले एमाले र सम्बन्धित अधिकारीको ध्यानाककर्षण समेत गराएका छन्।
‘अधिकारिको विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन गरेको छैन, गर्न सक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर छ,’ नेता श्रेष्ठले प्रश्न गरे, ‘राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ ले गभर्नर, डेपुटी गभर्नर वा कुनै सञ्चालक सदस्य कुनै पनि राजनीतिक दलमा संलग्न हुनुहुँदैन भन्ने स्पष्ट व्यवस्था रहेको छ भने उहाँ त्यहाँ बसिरहन मिल्छ की मिल्दैन ?’
सांसद श्रेष्ठले संवैधानिक परिषदसम्बन्धीको विधेयक फिर्ता लिनसमेत आग्रह गरेका छन् । अघिल्लो सरकारले त्यही काम गर्दा विरोध गरिएको जानकारी गराउँदै उनले सरकार हुँदा एउटा र नहुँदा अर्को कुरा गर्न नहुनेमा जोड दिए ।उनले निर्वाचनमा विदेशी सहयोग नलिन पनि अनुरोध गरेका छन्।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

