माओवादीले माग्याे गभर्नर अधिकारीको राजीनामा
काठमाडौं, असार ३० : नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ।राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले...काठमाडौं, असार ३० : नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारीका नाममा गभर्नर अधिकारी रहेको भन्दै प्रश्न उठेकाले उनको राजीनामा मागेका हुन्।
२०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको भन्ने अवस्था रहेकोे भन्दै आम रुपमा विवाद जन्मिएकाले गभर्नरले राजीनामा दिनुपर्नेमा उनले जोड दिए। एमालेले र गभर्नर अधिकारीले त्यसकाे कुनै खण्डन नगरेकाे र गर्न सक्ने अवस्था पनि नरहेकाे नेता श्रेष्ठले बताए।
राष्ट्र बैंकको ऐन २०५८ दफा २१ ले गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका कुनै पदाधिकारी कुनै पनि राजनीतिक दलको सदस्य हुन नहुने भनेर उल्लेख गरिएको पनि उनले स्मरण गराए।
‘विवाद उत्पन्न भएको छ। कि त होइन भनेर पुष्टि गर्ने विश्वसनीय कागजात चाहियो। २०७३ सालको चाहिँ उहाँ नै हो, अहिलेको चाहिँ अर्को हुनुहुन्छ भने पुष्टि गर्नुपर्छ, उहाँ नै हो भने राजीनामा दिनुपर्छ।’
अर्कालाई भन्दा हुने आफैलाई पर्दा ढाकछोप गर्नतिर कोही लाग्न नहुने उनको भनाइ थियो। आफूलाई नै हो भने ढाकछोप गर्ने प्रवृत्ति नदेखाउन उनले आग्रह गरे। सबैले आत्मसमीक्षा गर्नुपर्नेमा उनले जोड दिए।
सांसद श्रेष्ठले संवैधानिक परिषदसम्बन्धीको विधेयक फिर्ता लिनसमेत आग्रह गरेका छन्। अघिल्लो सरकारले त्यही काम गर्दा विरोध गरिएको जानकारी गराउँदै उनले सरकार हुँदा एउटा र नहुँदा अर्काे कुरा गर्न नहुनेमा जोड दिए।
उनले निर्वाचनमा विदेशी सहयोग नलिन पनि अनुरोध गरेका छन्।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

