वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौ, असार ३० : देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन...
काठमाडौ, असार ३० : देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन नभएको भन्दै राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले रोजगारीको खोजीमा विदेशिएका युवालाई समान सुविधा र प्रबन्ध हुन नसकेको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखे । मानिस रहरले नभई बाध्यताका कारण विदेशिएको भन्दै उहाँले सरकार तथा सरकारी निकायले विभेद गर्न नहुने बताए।
विदेशमा श्रमिकको मृत्यु हुँदा शव ल्याउनसमेत ठूलो समस्या रहेको भन्दै उनले सम्बन्धित परिवारको मानवीय पक्षलाई ध्यान नदिई बिचौलियाले अनेकन दुःख दिएकाले त्यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।
त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले पछिल्ला दिनमा अविरल वर्षाका कारण जाजरकोटका विभिन्न स्थानमा बाढी पहिराले जनजीवन प्रभावित भएको बताए। उनले मुलुकमा देखिन सक्ने आर्थिक सङ्कटको समाधानका लागि सरकार, विपक्षी र सम्वद्ध सबै पक्षको साझा सहकार्य जरुरी रहेको उल्लेख गरे।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

