Kathmandu Press

एमालेबाट उपसभामुखमा सांसद विद्या भट्टराई उम्मेदवार

भोलि (शुक्रबार) उपसभामुखको निर्वाचन हुँदैछ। 
एमालेबाट उपसभामुखमा सांसद विद्या भट्टराई उम्मेदवार

काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा सांसद विद्या भट्टराईलाई उमेदवार बनाएको छ। 

पार्टीले उपसभामुखमा उम्मेदवार बनाउने भएपछि भट्टराईले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्।

उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्। भोलि (शुक्रबार) उपसभामुखको निर्वाचन हुँदैछ। 

आज (बिहीबार) बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय ताेकिएकाे छ। आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।

सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले चन्दाकुमारी चौधरीलाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्ततः पछाडि हटेकाे जनाइएकाे छ।

लाेसपाले एमालेकै उम्मेदवारलाइ सघाउने चर्चा चलिरहेकाे छ। 

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्