उपसभामुखमा पुष्पा भुसालकाे मनोनयन दर्ता, देव गुरूङ प्रस्तावक
प्रतिनिधि सभाको उपसभामुख पदका लागि नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।
काठमाडौं, असार ३० : प्रतिनिधि सभाको उपसभामुख पदका लागि नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।
संसद सचिवालयले मनोनयन दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ। सत्ता गठबन्धनबाट भुसालले केहीबेरअघि मनोनयन दर्ता गराएकी हुन्।
भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा एसकी सांसद लक्ष्मीकुमारी चौधरी छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि मनोननय दर्ता गर्ने सम्बन्धमा छलफलमै रहेको छ । एमालेले अन्य उम्मेदवार हेरर आफ्नो दलको तर्फबाट उम्मेदवारी दिने तयारी गरेको छ । उसले लोसपा लगायत संसदमा रहेका अन्य दलसँग समेत छलफल गरिरहेको छ।
मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ११:५६ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

