Kathmandu Press

नयाँ ट्याक्सीको दर्ता खोल्ने तयारी

काठमाडौं, मंसिर २ :  सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ।

एक हजार दुई सय हर्सपावरको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्....

नयाँ ट्याक्सीको दर्ता खोल्ने तयारी

काठमाडौं, मंसिर २ :  सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ।

एक हजार दुई सय हर्सपावरको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको जनाएको छ। यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने उनले बताए। विभागका अनुसार सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छ भनी अध्ययन भइरहेको छ।

ट्याक्सीको दर्ता नियमितरूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने उनको भनाइ छ। ‘अहिले केही समयका लागि र सीमित सङ्ख्यामा खुलाइने भए पनि त्यसपछि फेरि बन्द हुन्छ,’ उनले भने।

सरकारले लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा भूकम्पीडितलाई राहत दिने भन्दै २०७२ भूकम्पीडित जिल्लावासीका लागि ट्याक्सीको दर्ता खुलाएको थियो। अहिले सडकमा रहेका ट्याक्सीमध्ये अधिकांश आठ सय हर्सपावर बराबरका छन्।

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, मंसिर २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्