Kathmandu Press

एमाले उपाध्यक्ष पौडेलद्वारा यमवुद्धको शालिक बनाउने निर्णयको स्वागत 

काठमाडौं, असार ३० : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ¥याप गायक यमवुद्धको शालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट...
एमाले उपाध्यक्ष पौडेलद्वारा यमवुद्धको शालिक बनाउने निर्णयको स्वागत 

काठमाडौं, असार ३० : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ¥याप गायक यमवुद्धको शालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । 

उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै यमवुद्धको शालिक निर्माण गर्ने निर्णयको स्वागत गरेका हुन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्र आ(आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो,’ पौडेलले ट्वीटमा लेखेका छन्, ‘तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यमवुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले यमवुद्धको शालिक बनाउन बजेट विनियोजन गरेका थिए । चौतर्फी विरोध र आलोचना भएपछि बालेनले आफ्नै तलब भत्ताबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका छन्। 

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्