Kathmandu Press

उपसभामुख पदमा एमालेले पनि उम्मेदवारी दिने 

काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उपसभामुख पदका लागि उम्मेदवारी दिने भएको छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभभामुखको...
उपसभामुख पदमा एमालेले पनि उम्मेदवारी दिने 

काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उपसभामुख पदका लागि उम्मेदवारी दिने भएको छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभभामुखको उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन्। 

एमालेको भोटले मात्रै नजित्ने भएकाले अन्य दलसँग पनि परामर्श र छलफल भइरहेको नेम्वाङले बताएका छन् । उपसभामुख पदका लागि एमाले लोसपासँग मिल्ने सम्भावना रहेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको सम्बन्ध निकट भएकाले उपसभामुख पदका लागि यी दुई दल मिल्ने सम्भावना प्रबल रहेको छ।

लोसपाले पनि उपसभामुख पदमा दावी गरेको छ । लोसपाले उम्मेदवारी दिएको अवस्थामा एमाले पनि लोसपाकै उम्मेदवारलाई सघाउने पक्षमा रहेको बताइएको छ। 

सत्तारुढ गठबन्धनबाट भने कांग्रेसकी पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी छ। उम्मेदवारी दर्ताका लागि आज (बिहीबार) ११ बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ। भोलि दिउँसो ३ बजे बोलाइएको संसद बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुनेछ। 

 

प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्