आज उपसभामुखका लागि उम्मेदवारी दर्ता
काठमाडौं, असार ३०: प्रतिनिधिसभाको उपसभामुखका लागि आजबाट निर्वाचन प्रक्रिया शुरु हुँदै छ।संसद् सचिवालयले जारी गरेको निर्वाचन तालिकाअनुसार, आज मनोनयन दर्ताको कार्यसूची रहेको छ।...
काठमाडौं, असार ३०: प्रतिनिधिसभाको उपसभामुखका लागि आजबाट निर्वाचन प्रक्रिया शुरु हुँदै छ।
संसद् सचिवालयले जारी गरेको निर्वाचन तालिकाअनुसार, आज मनोनयन दर्ताको कार्यसूची रहेको छ। आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
त्यस्तै, मनोनयन दर्तापछि आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिने भएको छ। भोलि दिउसो ३ बजे मतदान हुनेछ।
उपसभामुख पद तीन वर्षदेखि रिक्त रहेको छ। तीन वर्षअघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि नयाँ उपसभामुख चयन हुन सकेको थिएन।
प्रकाशित मिति: ०८:०३ बजे, बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

