संसदीय विशेष छानविन समितिद्वारा अर्थ मन्त्रालयको अवलोकन
काठमाडौं, असार ३०: तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा...
काठमाडौं, असार ३०: तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ।
समितिका सदस्य मन्त्रालयमा पुगी स्थलगत अवलोकन गरेको समितिका सदस्य विमला विकले जानकारी दिइन्। 'समितिका सबै सदस्य आज मन्त्रालय पुगी वस्तुस्थिति हेरेर आयौँ', उनले भनिन्, 'अवलोकनका क्रममा अर्थमन्त्रालयका सम्बन्धित कर्मचारीबाट जानकारी पनि लियौँ।'
उनले निरीक्षणका क्रममा सिसीटिभी कहाँकहाँ तथा कुनकुन कार्यकक्षमा जडान गरिएका तथा सिसिटिभीको संरचना र नियन्त्रण कसरी गरिएको छ भन्ने सम्बन्धमा पनि जानकारी लिएको बताइन्।
समितिबाट कार्यविधिले तोकेको कागजात पनि मन्त्रालयसँग माग गरिएको उनले बताइन्। बजेटमा करको दर हेरफेरका सम्बन्धमा ११ सदस्यीय समिति गठन गरिएको छ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

