Kathmandu Press

डा. भट्टराईमाथि अनुशासनको कारबाही गरिने प्रस्ताव पेश

वीरगञ्ज, असार २९ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेतालाई अनुशासनकाे कारबाही गर्ने प्रस्ताव...
डा. भट्टराईमाथि अनुशासनको कारबाही गरिने प्रस्ताव पेश

वीरगञ्ज, असार २९ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेतालाई अनुशासनकाे कारबाही गर्ने प्रस्ताव पेश गरेका छन्।

पर्साको वीरगन्जमा सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो सत्रमा अध्यक्ष यादवले पेश गरेको एजेण्डामा डा. भट्टराइलाई अनुशासनको कारबाही गरिने प्रस्ताव समावेश गरिएकाे हाे।

अध्यक्ष यादवले बैठकमा १० वटा एजेण्डा प्रस्तुत गरेका छन्। सबै एजेण्डा बुधबार नै पारितसमेत भएका छन्।

जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको काठमाडौंमा केन्द्रीय समिति बैठक राखेका थिए।

यादवको पक्षमा बहुमत केन्द्रीय सदस्य रहेका छन।

प्रकाशित मिति: २०:५५ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्