नेता कार्यकर्तालाई राप्रपाको कडा निर्देशन–‘पार्टीविरुद्ध नबोल्नु’
काठमाडौं, असार २९ : राप्रपाले पार्टीको हित विपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरी कुनै किसिमको गतिविधि र सामाजिक सञ्जालमा जथाभावी प्रचार नगर्न...
काठमाडौं, असार २९ : राप्रपाले पार्टीको हित विपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरी कुनै किसिमको गतिविधि र सामाजिक सञ्जालमा जथाभावी प्रचार नगर्न नगराउन नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीभित्र विवाद बढ्दै गएपछि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्देशन दिएको हो । ‘पार्टीको हित विपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरि कुनै किसिमको गतिविधि र सामाजिक सञ्जालमा जथाभावी प्रचार नगर्न नगराउन पार्टीका सबै तहलाई बैठकले आग्रह गरेको छ ।
यस्तो गतिविधिमा संलग्न भएको पाइएमा कडा कारवाही गर्ने निर्णय गरिएको छ’, प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने कार्यमा संलग्न भएकालाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको पनि उनले बताए ।
पार्टीको केन्द्रीय सचिवालयले उक्त गतिविधिमा संलग्न भएकाहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठलाई आज नै स्पष्टीकरण सोध्ने निर्णय गरेको उनको भनाइ छ ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

