राजविराजका मेयर भीमराज यादव भ्रष्टाचार मुद्दामा निलम्बित
काठमाडौं, असार २९ : सप्तरीको राजविराज नगरपालिकाका मेयर भीमराज यादव निलम्बनमा परेका छन् ।बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी...
काठमाडौं, असार २९ : सप्तरीको राजविराज नगरपालिकाका मेयर भीमराज यादव निलम्बनमा परेका छन् ।
बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् । राजविराजस्थित राजरंगशालाको निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीसहित सातजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
यादव जनता समाजवादी पार्टी (जसपा) बाट नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्रका शम्भुप्रसाद यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
निर्माणकार्यमा नगरप्रमुखसमेत रहेका न्यू गहिल कन्ट्रक्सनका सञ्चालक भीमराज यादव, उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठ, जिल्ला विकास समिति सप्तरीका तात्कालीन इन्जिनयर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तात्कालीन प्रमुखद्वय लक्ष्मण मण्डल, महेन्द्रप्रसाद यादव, समितिका अध्यक्ष एजेट न्यासुर र उपाध्यक्ष धिरेन्द्र बर्माविरुद्ध आरोपपत्र दायर गरिएको छ ।









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

