Kathmandu Press

सिन्धुपाल्चोकसहित चार जिल्लामा भारी वर्षाको सम्भावना 

सिन्धुपाल्चोकसहित चार जिल्लामा भारी वर्षाको सम्भावना 

काठमाडौं, असार  २९  : सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र आसपास धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

पछिल्लो तीन घण्टा ती जिल्लामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले खिम्ती खोला, सोलुखोलालगायत सोलुखुम्बु, रामेछाप, दोलखा आसपास भई बहने साना नदीमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति: १९:४१ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्