बलिङमा चम्किए सोमपाल र अदिल, स्कटल्यान्डविरुद्ध नेपाललाई १४५ रन सामान्य लक्ष्य
काठमाडौं, असार २९ : नेपाली फास्ट बलरद्वय सोमपाल कामी र अदिल आलमले उत्कृष्ट बलिङ गरेपछि आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डलाई...
काठमाडौं, असार २९ : नेपाली फास्ट बलरद्वय सोमपाल कामी र अदिल आलमले उत्कृष्ट बलिङ गरेपछि आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डलाई १४४ रनमा अलआउट गरेको छ ।
स्कटल्यान्डको ग्लास्वोमा जारी खेलमा टस हारे पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ४२।४ ओभरमा १४४ रनमा अलआउट भयो । स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सोमपाल र आदिल आलमले समान ३ विकेट लिए।
नवौैं नम्बरमा ब्याटिङका लागि आएका गाविन मेनले मेडल अर्धशतक प्रहार गरेपछि स्कटल्यान्डले सम्मानजक योगफल बनाएको थियो । उसका मेनले ५९ बलमा ७ चौका एक छक्का प्रहार गर्दै नटआउट ६४ रन बनाए ।
यस्तै, मार्क वाटले १७, सफ्यान सरार्फले १६ र कालुम क्याक लेडले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
आलमले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए भने सोमपालले १९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। यस्तै, कप्तान सन्दीप लामिछानेले ९ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा पनि १ विकेट रह्यो।











