Kathmandu Press

डा. भट्टराइले काठमाडाैंमा राखेकाे बैठक अवैधानिक हाे : जसपा अध्यक्ष यादव

वीरगञ्ज, असार २९ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानले संघीय परिषद् अध्यक्षलाई केन्द्रीय समितिको बैठक बोलाउने अधिकार नदिइएको...
डा. भट्टराइले काठमाडाैंमा राखेकाे बैठक अवैधानिक हाे : जसपा अध्यक्ष यादव

वीरगञ्ज, असार २९ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानले संघीय परिषद् अध्यक्षलाई केन्द्रीय समितिको बैठक बोलाउने अधिकार नदिइएको बताएका छन।

मधेश प्रदेशको वीरगञ्जमा जारी जसपा नेपालका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अर्का अध्यक्ष डा. बाबुराम भट्टराईको समूहले काठमाडाैंमा राखेकाे बैठक अवैधानिक भएको बताएका हुन।

साथै, उनले डा. भट्टराइले आयाेजना गरेकाे बैठकलाई गुटको भेला भन्दै यस्ताे भेलामा जसपाको ब्यानर प्रयोग गर्ने अधिकार नभएको टिप्पणी गरे। उनले भने, ‘अझै पनि म भन्छु फर्किनुस्, भेला इत्यादि छाडेर धेरै साथीहरूलाई पार्टीमा फर्किन म आह्वान गर्छु। पार्टी विधान विधि र अनुशासनले चल्छ। त्यो पालना गर्दै अघि बढ्नुपर्छ।’

जसपाको यादव समूहले वीरगञ्जमा र भट्टराई समूहले काठमाडौंमा केन्द्रीय समिति बैठक गरेका छन्।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्