उर्जा सम्मेलनको तयारी पूरा
काठमाडौ, मंसिर २ : आगामी मंसिर ५ र ६ गते काठमाडौंमा आयोजना हुने उर्जा सम्मलेलन २०१९ को तयारी पूरा भएको छ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थ....

काठमाडौ, मंसिर २ : आगामी मंसिर ५ र ६ गते काठमाडौंमा आयोजना हुने उर्जा सम्मलेलन २०१९ को तयारी पूरा भएको छ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानको आयोजना गर्न लागेको सम्मेलनको यो सातौं संस्करण हो। सम्मेलनबाट नेपालको उर्जा क्षेत्रको विकास एवं विस्तारमा सहयोग पुग्ने इपानका अध्यक्ष शैलेन्द्र गुरागाँईले बताए।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, सरकारी संघ संस्थाका उच्च कर्मचारीहरु, नीजि क्षेत्र तथा गैरसरकारी क्षेत्रका सरोकारवालाको उपस्थितिमा नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धी र अनुभवको साँटासाट हुने उनले बताए।
अध्यक्ष गुरागाईका अनुसार सात जनाको सहभागिता रहनेछ। जसमा भारत, बंगलादेश तथा चीनबाट ठूलो संख्यामा ब्यक्ति तथा संघ संस्थाको सहभागिता रहनेछ।
उर्जा सम्मेलनमा संघिय नेपालमा विद्युत विकास, अन्तरदेशीय व्यापार तथा प्रशारण पूर्वाधार, विद्युत क्षेत्रमा आवश्य लगानी, बजार विस्तार, दीगो तथा सहभागितामुलक जलविद्युत विकास, विद्युत् क्षेत्रको नियमनलगायत विषयमा बहस तथा छलफल हुने जनाएको छ।
सम्मेलनमा आठ वटा सम्झौता समेत हुने ईपानले जनाएको छ।











