Kathmandu Press

१३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि, कानुनमन्त्री देखि एमाले नेतासम्म अटाए सूचीमा 

वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानुन न्याय तथा संघीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), एमालेका सांसद कृष्णभक्त पोखरेल, सुनिलकुमार पोखरेल, मिरा ढुंगाना लगायत रहेका छन् ।
१३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि, कानुनमन्त्री देखि एमाले नेतासम्म अटाए सूचीमा 
suprem real

काठमाडौं, असार २९ :  सर्वोच्च अदालतले सर्वोच्च अदालतले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ।

वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानुन न्याय तथा संघीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), एमालेका सांसद कृष्णभक्त पोखरेल, सुनिलकुमार पोखरेल, मिरा ढुंगाना लगायत रहेका छन् ।

बुधबार बसेको फुलकोर्टले वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ।  लामो समयपछि सर्वोच्चले वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो।

वरिष्ठ अधिवक्ताको उपाधिका विषयमा नेपाल बार एशोसियसनले पटक पटक सर्वोच्चको ध्यानाकर्षण गराएको थियो। 

प्रकाशित मिति: १८:४६ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्