Kathmandu Press

मुलुकको राष्ट्रियतालाई सुदृढ ढंगले अघि बढाउनुपर्छ : खनाल

मुलुकको राष्ट्रियतालाई सुदृढ ढंगले अघि बढाउनुपर्छ : खनाल

काठमाडाैं, असार २९ : असार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ ढंगले अघि बढाउनुपर्ने बताएका छन्। 

बुधबार काठमाडौमा आयोजित सम्मान कार्यक्रममा खनालले अहिले मुलुकको राष्ट्रियता निकै कमजोर रहेको भन्दै सुदृढ ढंगले अघि बढाउनुपर्ने सबैको दायित्व भएको बताएका हुन्।

उनले संविधान अनुसार नै मुलकलाई समाजवादको दिशातर्फ अघि बढाउनुपर्ने बताए। मुलुकमा लोकतान्त्रीक क्रान्ति संविधान सम्पन्न भइसकेको अवस्थामा समाजवादका दिशातर्फ अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ।

उनले समाजवादले मात्रै सबै समस्या समाधान हुने बताए। 

प्रकाशित मिति: १८:३५ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्