लाजिम्पाटमा साझा बस दुर्घटना
काठमाडौं, असार २९ : काठमाडौंको लाजिम्पाटमा साझा बस दुर्घटनामा परेको छ।लगनखेलबाट बुढानीलकण्ठतिर गइरहेको बा४ख ५६६१ नम्बरको साझा बस दुर्घटनामा परेको हो। तीव्र गतिमा आएको...
काठमाडौं, असार २९ : काठमाडौंको लाजिम्पाटमा साझा बस दुर्घटनामा परेको छ।
लगनखेलबाट बुढानीलकण्ठतिर गइरहेको बा४ख ५६६१ नम्बरको साझा बस दुर्घटनामा परेको हो।
तीव्र गतिमा आएको बस सडकछेउको बिजुली पोलमा ठोक्किएको प्रत्यक्षदर्शीले बताए। बसको ठक्करले पोल भाँचिएको छ।
साेही बसमा सवार एक यात्रीका अनुसार ब्रेक फेल भएर ठुलाे दुर्घटना हुनबाट चालकले बचाउ गर्ने क्रममा साे दुर्घटना भएकाे जनाइएकाे छ।
बस दुर्घटनाकाे कारण र घाइतेका विवरण आइनसकेको ट्राफिक महाशाखाले जनाएकाे छ।
बस दुर्घटनाका कारण ट्राफिक व्यवस्थापन खल्बलिएकाे छ। अहिले साे बस हटाउने प्रयासमा सुरक्षााकर्मी लागिरहेका छन्।






.jpg)
प्रकाशित मिति: १८:२५ बजे, बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

