Kathmandu Press

वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल : पद्मा अर्याल

काठमाडाैं, असार २९ : एमाले सचिव पद्मा अर्यालले वर्तमान सरकार पुरै असफल भएको बताएकी छन्।बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले एक...
वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल : पद्मा अर्याल

काठमाडाैं, असार २९ : एमाले सचिव पद्मा अर्यालले वर्तमान सरकार पुरै असफल भएको बताएकी छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले एक वर्षको बीचमा सरकारले गरेको एउटा पनि राम्रो काम नभेटिएको र जताततै बेथिति मात्रै रहेकाले सरकार पूरै असफल भएको बताएकी हुन्।

उनले वर्तमान सरकार राष्ट्रियता र अर्थतन्त्रको हिसाबले पनि असफल भएको दाबी गरिन्। त्यस्तै उनले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलन मात्रै भएको आरोप लगाइन्। मुलुक अहिले पूरै अँध्यारो सुरुङभित्र गैरहेको पनि टिप्पणी गर्दै उनले विलम्ब नगरीकन गठबन्धनको विकल्प खोज्ने बेला भएको धारणा राखिन्।

सरकारले हिजो आफू सरकारमा नहुँदा प्रतिगमन देखेको संवैधानिक परिषद्सम्बन्धी ऐन अहिलेको सरकारले राष्ट्रियसभामा दर्ता गराएको पनि उनले बताए।

अर्यालले नागरिकताको सवालमा समान खालको हैसियत दुवै मुलुकमा रहने कुराको अन्त्य गर्नुपर्छ भन्ने कुरा आफूहरुको कुरा भएको पनि उल्लेख गरे। 

प्रकाशित मिति: १८:०३ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्